१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० माघ २५ बिहीबार ११:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगोले पोलेर गम्भीर घाइते भएकी रम्तेलको मृत्यु 

Read Time : < 1 मिनेट
२०८० माघ २५ बिहीबार ११:३७:००

आगोले पोलेर गम्भीर घाइते भएकी मकवानपुर भीमफेदी गाउँपालिकाकी एक महिलाको बिहीबार बिहान मृत्यु भएको छ।

जिल्लाको भीमफेदी गाउँपालिका– ६ तारगाउँ बस्ने ईश्वरी मिजारकी श्रीमती ४५ वर्षकी पार्वती रम्तेलको मृत्यु भएको मकवानपुर प्रहरीले जानाएको छ।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। आफ्नै घरमा आगो ताप्ने क्रममा गत शुक्रबार साँझ साडीबाट शरीरमा आगो सल्किएर रम्तेल गम्भीर भएकी थिइन्। 

दुवै खुट्टा र पेटमा पोली गम्भीर घाइते भएकी रम्तेललाई उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएकोमा सामान्य उपचारपछि थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुर लगिएको थियो।