१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १३:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीकाे आह्वान- द्विपक्षीय लगानीकाे संरक्षण र प्रवर्द्धन गर्न प्रतिबद्ध छौँ [पूर्णपाठ]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:४४:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सिर्जना गरिएको जनाउँदै स्वदेशी तथा विदेशी लगानीका लागि आह्वान गरेका छन्।  

आजदेखि प्रारम्भ भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले नेपालमा लगानीको आकर्षण बढाएको बताए।  

उनले भने, ‘नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्त, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायतका धेरै प्रोत्साहन प्रदान गरेको छ।’

प्रधानमन्त्री दाहालले नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौता (बिआइए) को ढाँचालाई स्वीकृत गरेको जानकारी दिँदै यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवद्र्धन गर्ने विश्वास दिलाए। 

उनले राष्ट्रिय एवं सबै प्रत्यक्ष वैदेशिक लगानीबीच हुने गैर–भेदभावपूर्ण व्यवहारको प्रावधान र विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले नेपालमा लगानीको आकर्षणलाई अझ बढाएको बताए। 

ad
ad