१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका मकवानपुर
२o८१ बैशाख २१ शुक्रबार १o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मकवानपुरको बुढीचौरमा मानव कंकाल फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:३२:oo

मकवानपुरको बुढीचौरमा मानव कंकाल फेला परेको छ । मकवानपुरगढी गाउँपालिका- ८ बुढीचौरमा रहेको कपडा तथा कपालको आधारमा पुरुषको जस्तो मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय आलखोला जंगलमा घाँस काट्न गएका मानिसहरूले मानव कंकाल देखेपछि वडाका जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले उक्त वडाका कोही पनि मानिस हराई बेपत्ता नभएको बताएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलको मुचुल्कालगायतको कानुनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धान प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।

ad
ad