१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o८:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीको सत्यवतीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:o१:oo

गुल्मीको सत्यवती गाउँपालिका– ४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् ।

लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडक खण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु.१च ४३२० नम्बरको पिकअप जिप दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले जानकारी दिए । गाडीको ब्रेक फेल भएर सडकदेखि ४० मिटर तल खसेको छ ।

दुर्घटनामा परेर घाइते हुनेमा सत्यवती- ५ का ३१ वर्षका कृष्ण थापा, वडा नम्बर ४ का ३५ वर्षका यसबहादुर बुढाथोकी, ४० वर्षका खेमु श्रीस, ६० वर्षका दुर्गा बहादुर राना, ३१ वर्षका भुपेन्द्रदेव खप्तरी थापा, ५३ वर्षका पदम बहादुर बुढाथोकी, ३१ वर्षका भरत बुढाथोकी, २६ वर्षका मिलन राना, २६ वर्षका ठगबहादुर बुढाथोकी, ३४ वर्षका घनश्याम बुढाथोकी, ५६ वर्षको चिनबहादुर राना र चालक २९ वर्षका शंकर विक रहेको प्रवक्ता पोख्रेलले बताए ।

सबै घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते चारजनाको पाल्पा र अरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

ad
ad