१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Wednesday, 03 July, 2024
तस्बिर : एएफपी/गेटी इमेजेज्
रासस अबुधाबी
२o८१ बैशाख २१ शुक्रबार १७:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द

Read Time : > 1 मिनेट
रासस, अबुधाबी
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:५८:oo

संयुक्त अरब इमिरेट्स (युएई)ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ। असामान्य मौसमका कारण धेरै उडान रद्द गरिएको छ भने मानिस तथा विद्यार्थीलाई घरबाटै काम तथा अध्ययन गर्न आग्रह गरिएको खालिज टाइम्सले जनाएको छ।

संयुक्त अरब इमिरेट्समा भारी वर्षा र आँधीबेहरीका कारण बिहीबार पहेँलो रंगसहितको चेतावनी (अरेन्ज अलर्ट) जारी गरिएको थियो। पछिल्लो केही दिनदेखि युएईले अस्थिर मौसमी लहरका लागि तयारी गरिरहेको छ।

यसै क्रममा सबै क्षेत्रका मानिसलाई सुरक्षाका उपाय अपनाउन सल्लाह दिइएको छ। विद्यालय दूरशिक्षामा छन् भने कम्पनीहरूलाई  घरबाटै काम गर्न अनुमति दिन आग्रह गरिएको छ। पार्क तथा समुद्र तटहरू बन्द गरिएका छन्।

खालिज टाइम्सका अनुसार दुबईले इमिरेटमा अस्थिर मौसमका कारण मे २ र ३ मा  सरकारी कर्मचारीका लागि घरबाट काम गर्ने घोषणा गरेको थियो।

युएईको विपत् व्यवस्थापन प्राधिकरणले आगामी मौसमी अवस्थालाई सामना गर्न तयारी दोहोर्‍याएको छ। एनसिएम विज्ञले आगामी मौसमको अवस्था अप्रिल १६ को जस्तो नहुने अनुमान गरेका छन्। अधिकारीहरूले आवश्यक सावधानीका उपायहरूबारे छलफल गरेका छन्।

युएईले विद्यार्थीका लागि विद्यमान मौसमको कारण मे २ र ३ मा देशका सबै सरकारी विद्यालयका लागि अनलाइन कक्षा लिने घोषणा गरेको छ। सरकारले सम्भावित अस्थिर मौसमी अवस्थाका कारण दुबईका सबै निजी विद्यालयमा मे २ र ३ मा अनलाइन सिकाइ हुने घोषणा गरेको छ। ज्ञान तथा मानव विकास प्राधिकरण (केएचडिए)ले यो निर्णय सबै निजी विद्यालय, नर्सरी र विश्वविद्यालयमा लागु हुने घोषणा गरेको छ।

दुबई विमानस्थलका लागि पाँचवटा इनबाउन्ड उडान डाइभर्ट गरेको तथा नौ आगमन र चार आउटबाउन्ड उडान रद्द गरेको विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै खालिज टाइम्सले जनाएको छ। इमिरेट्सले बिहीबार युएईभर खराब मौसमका कारण धेरै उडान रद्द गरी दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन कम गरेको छ।

ad
ad
ad
ad