सन् १९८० : होन्डुरस र अल सल्भाडोरबिच सन् १९६९ को जुलाई १४ देखि १८ बिच भएको युद्धसम्बन्धमा शान्तिसम्झौता भयो । सन् १९७० को फिफा विश्वकपको छनोटका लागि भएको प्रतिस्पर्धाको समयबाट सुरु भएकाले यो ‘फुटबल युद्ध’का नामले चिनिन्छ ।
सन् १९१८ : अस्ट्रो–हंगेरी सम्राज्यको हिस्सा रहेको स्लोभाक क्षेत्रलाई स्वतन्त्र राष्ट्र घोषणा गर्दै ‘मार्टिन घोषणापत्र’ जारी ।
सन् १९२२ : राजा भिक्टर इम्यानुयल तृतीयले फासीवादी नेता वेनितो मुसोलिनीलाई सरकार गठनका लागि आह्वान गरे ।
सन् १९६० : माइकल वुडरुफ नेतृत्वको टोलीले बेलायतको एडिनबर्ग रोयल इनफर्मरीमा विश्वको पहिलो सफल मिर्गौला प्रत्यारोपण गर्यो ।
सन् १९९५ : क्यानडाको फान्सेलीभाषीको बाहुल्य रहेको क्युवेक राज्य स्वतन्त्र देश बन्नुपर्ने वा क्यानडामा रहनुपर्ने प्रश्नमाथि जनमतसंग्रह भयो । ५०.५८ प्रतिशतको झिनो मतान्तरले क्यानडा रहनुपर्ने पक्षले जित हासिल गर्यो ।