सन् १९१३ : भारतीय खानी श्रमिकको ठुलो प्रदर्शन अगुवाइ गरेको आरोपमा महात्मा गान्धी दक्षिण अफ्रिकामा पक्राउ परे । प्रदर्शन खानी श्रमिकमाथि लगाइएको ठुलो करको विरोधमा भएको थियो ।
सन् १४५५ : जोहान गुटेनवर्गले विश्वको पहिलो प्रेस बनाउन लिएको ऋण नतिरेको मुद्दामा अदालतले ऋण दिने जोहान फर्स्टको पक्षमा फैसला गर्दै ऋणबापत प्रेस नै फर्स्टलाई अधिग्रहण गर्ने अधिकार दियो ।
सन् १८६० : इलिनोई राज्यका रिपब्लिकन नेता अब्राहम लिंकन अमेरिकाको १६औँ राष्ट्रपति बने ।
सन् १८६१ : अमेरिकी गृहयुद्धका क्रममा अलग राष्ट्रका रूपमा बनेको ‘कन्फेडेरेट स्टेट्स अफ अमेरिका’ले ६ वर्षको कार्यकालका लागि जेफर्सन डेभिसलाई राष्ट्रपति चुन्यो । चार वर्षभित्रै सो भूभागलाई संयुक्त राज्य अमेरिकाले कब्जामा लिएकाले उनी त्यसका एक मात्र राष्ट्रपति रहे ।
सन् १९६२ : दक्षिण अफ्रिकामा रंगभेदको अन्त्य गर्ने प्रस्तावलाई राष्ट्र संघले पारित गर्यो ।
सन् १९७८ : इरानका राजा माहेम्मद रेजा पह्लवीले देशलाई सेनाको शासनमा राख्ने निर्णय गर्दै जनरल गोलाम रेजा अझारीलाई सरकार बनाउन आह्वान गरे । आह्वानअनुरूप भोलिपल्ट सरकार गठन भयो ।
सन् १९८५ : कोलम्बियाको सर्वोच्च अदाललाई वामपन्थी विद्रोही एम–१९ का छापामारले कब्जामा लिए । दुई दिन चलेको संघर्षमा सेनाले भवन त फिर्ता लियो, तर त्यस क्रममा १०० जना मारिए, जसमा सर्वोच्च अदालतका २५ मध्ये ११ न्यायाधीशसमेत थिए ।
सन् १९९९ : अस्ट्रेलियामा भएको जनमतसंग्रहमा बहुमतले गणतन्त्रभन्दा ब्रिटिस राजमुकुटलाई देशको राज्यप्रमुख राख्ने परम्परालाई निरन्तरता दिने पक्षमा मत दिए ।