अधिकांश अरब देशका नागरिक इरानभन्दा इजरायललाई मान्छन् ठुलो खतरा : सर्वेक्षण

बिहिबार, १९ कार्तिक, २०८३
डिजिटल संस्करण

दोहा/ एक नयाँ सर्वेक्षणले अधिकांश अरब देशमा इजरायललाई प्रमुख क्षेत्रीय खतराका रूपमा हेरिने गरेको पाएको छ । दोहास्थित ‘अरब सेन्टर फर रिसर्च एन्ड पोलिसी स्टडिज’ र ‘अरब सेन्टर फर कन्टेम्पोररी सिरिया स्टडिज’ले गरेको यस सर्वेक्षणको नतिजा सोमबार सार्वजनिक भएको हो ।

सर्वेक्षणमा ५८ प्रतिशत उत्तरदाताले इजरायललाई मुख्य खतराका रूपमा बताए । अर्कोतर्फ, इरानलाई मुख्य क्षेत्रीय खतरा मान्ने अरबी देशका उत्तरदाताको अनुपात सन् २०२५ मा १२ प्रतिशत रहेकोमा यसपटक बढेर २४ प्रतिशत पुगेको छ । मध्यपूर्वको सुरक्षा र स्थिरतामा खतरा निम्त्याउने शक्तिका रूपमा भने करिब ९७ प्रतिशत उत्तरदाताले इजरायललाई दोष दिएका छन्, जुन अघिल्लो वर्ष ७८ प्रतिशत थियो । इरानका सन्दर्भमा पनि यस्तै धारणा राख्नेहरूको प्रतिशत ७४ बाट बढेर ९३ पुगेको छ । 

इरानविरुद्धको अमेरिका–इजरायल युद्धका सन्दर्भमा सर्वेक्षणमा सहभागी ८० प्रतिशतले इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र प्रहारलाई जायज ठहर्याएका छन् भने ७४ प्रतिशतले अमेरिकी सैन्य अखडाबाहेक अन्य अरब मुलुकमाथि इरानले गरेको प्रहारलाई अनुचित मानेका छन् । तीनचौथाइ सहभागीले वासिंटनले इजरायलको हितका लागि यो युद्ध सुरु गरेको बताएका छन् । 

सुझावित समाचार