इतिहासमा आज

बुधबार, १८ कार्तिक, २०८३
प्रिन्ट संस्करण

सन् १९७९ : इरानका विद्यार्थीको एउटा समूहले राजधानी तेहरानस्थित अमेरिकी राजदूतावासलाई कब्जामा लिएर त्यहाँ रहेका ६६ अमेरिकीलाई बन्धक बनायो । इस्लामिक आन्दोलनपछि देश छाडेर अमेरिका भागेका राजा मोहम्मद रेजा पहलवीलाई फिर्ता गर्नुपर्ने माग राख्दै विद्यार्थीले ४४४ दिनसम्म तिनलाई बन्धक बनाएका थिए ।

सन् १६४६ : अमेरिकाको म्यासाचुसेट राज्यको तट क्षेत्रमा बाइबललाई भगवान्को बोली नस्विकार्नेहरूलाई मृत्युदण्डको सजाय हुने कानुन बनाइयो ।

सन् १९२२ : अन्वेषक होवार्ड कार्टरले इजिप्टमा फारोह तुतानखामुन (जीवनकाल ईपू १३४१–१३२३)को सग्लो चिहान फेला पारे ।

सन् १९२४ : अमेरिकी राजनीतिज्ञ मिरियम फर्गुसन (टेक्सस) र नेली टेलोई रस अमेरिकी राज्य (बायोमिङ)ले एकैपटक देशको राज्य–गभर्नर निर्वाचित हुने पहिलो महिलाको रेकर्ड राखे ।

सन् १९७२ : अघिल्लो वर्ष स्वतन्त्र भएको बंगलादेशले आफ्नो संविधान अंगिकार गर्यो । 

सन् १९८४ : निकारागुआले ५६ वर्षपछि गरेको पहिलो स्वतन्त्र निर्वाचनमा ‘स्यान्डानिस्टा नेसनल लिबरेसन फ्रन्ट (एफएसएलएन)’ का उम्मेद्वार डेनियल ओर्टेगा  विजयी भए । 

सन् १९९५ : दुई वर्षअघि प्यालेस्टिनीसँग शान्ति स्थापना गर्ने ‘ओल्सो सम्झौता गरेका इजरायली प्रधानमन्त्री यित्जाक रबिनलाई उग्रदक्षिणपन्थी यहुदी विद्यार्थीले गोली हानी हत्या गरिदिए ।

सन् २००१ : विश्वचर्चित उपन्यास ‘ह्यारी पोटर’ शृंखलामा आधारित पहिलो फिल्म प्रदर्शनमा आयो । 

सन् २००८ : अमेरिकाको राष्ट्रपतिमा पहिलोपटक अफ्रिकी–अमेरिकी मूलका बाराक ओबामा निर्वाचित । दुई कार्यकाल राष्ट्रपति भएका ओबामा अमेरिकाका ४४औँ राष्ट्रपति हुन् ।

सन् २०१६ : अघिल्लो वर्ष डिसेम्बर १२ मा सार्वजनिक गरिएको पेरिसजलवायु सम्झौता कार्यान्वयनमा आयो । 

सन् २०२० : इथोपियाका प्रधानमन्त्री अबी अहमदले देशको उत्तरी भेग टिग्रेमा आपत्काल घोषणा गर्दै सेना परिचालनको घोषणा गरे । दुई वर्ष लम्बिएको युद्धमा एक देखि ६ लाखबिचमा मानिसको ज्यान गयो । 

सुझावित समाचार