१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ९ बुधबार १८:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सरकारले गर्‍यो ६ सचिवको सरुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार १८:१४:oo

सरकारले विभिन्न ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव सरुवाको निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव डा. गणेशप्रसाद पाण्डेयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा र त्यहाँका सचिव डा. दीपक काफ्लेलाई शिक्षासचिवमा सरुवा गरिएको छ।

कृषिसचिव डा. गोविन्दप्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरेर वनसचिव डा. दीपककुमार खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पशुपन्छीतर्फको सचिवमा सरुवा गरिएको छ।

पशुपन्छीतर्फको सचिव डा. रेवतीरमण पौडेल कृषिसचिवमा सरुवा भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनीकी सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा ल्याइएको छ।

ad
ad