मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Wednesday, 12 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १८:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गगनमाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्रीलाई झाँक्रीको चुनौती 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १८:१८:oo

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले कांग्रेस महामन्त्री गगन थापामाथि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपप्रति आपत्ति जनाएकी छिन्।

सोमबार सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले गगन थापामाथि गृहमन्त्रीले लगाएको आरोप पुष्टि गर्न चुनौती दिएकी हुन्।

‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीतिक आइकन हो। आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो,’ उनले लेखेकी छिन्, ‘गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ, हेक्का रहोस्।’

गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधिसभालाई सम्बाेधनमा महाम्त्री थापालाई इंगित गर्दै यसअघि चर्चामा आएका कृषि अनुदानमा अनियमितता, विदेशीलाई सूचना बेचेकोलगायतका विषयहरूको पनि छानबिन हुनुपर्ने बताएका थिए।

गृहमन्त्रीको अभिव्यक्तिविरुद्ध आजै कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङले पनि उनीविरुद्ध संसद् सचिवालयमा निवेदन दिएका छन्।