चाडपर्वमा उच्च सतर्कताका साथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

मंगलबार, २७ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले चाडपर्वलाई सुरक्षित बनाउन उच्च सतर्कताका साथ काम गर्न सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। मंगलबार  सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हल्चोकमा आयोजित एक कार्यक्रमका अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई बडादसैँको शुभकामना व्यक्त गर्दै सुरक्षाको विषयमा निर्देशन दिएका हुन्। 

सीमा क्षेत्रमा विशेष सतर्कता अपनाउन आइजिपी पौडेलले भनेका छन्।  चाडपर्वको समयमा आन्तरिक सुरक्षा, सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, लागुऔषध तथा अन्य अवैध गतिविधिको रोकथाम, महत्त्वपूर्ण प्रतिष्ठान एवं संवेदनशील क्षेत्रको सुरक्षा, विपत् जोखिम न्यूनीकरण, खोज, उद्धार तथा राहत कार्यलगायत सशस्त्र प्रहरी बल, नेपाललाई प्राप्त कार्यादेशअन्तर्गतका सम्पूर्ण जिम्मेवारीहरू उच्च सतर्कता, व्यावसायिकता, अनुशासन र समर्पणका साथ निर्वाह गर्न निर्देशन दिएको सशस्त्र प्रहरी प्रवक्ता डिआइजी नेत्रबहादुर कार्कीले बताए। 

सुझावित समाचार