काठमाडौं । विनाबिलबिजक ओसारपसार भइरहेको ११ लाख ५९ हजार दुई सय रुपैयाँबराबरको काजु काठमाडौंको कीर्तिपुरबाट बरामद भएको छ। सशस्त्र प्रहरीले बिहीबार बिहान चोभारस्थित सुक्खा बन्दरगाहको मेनगेटअगाडिबाट काजु बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल दंगा नियन्त्रण रेजिमेन्टबाट खटिएको टोलीले बाराबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०४७३ नम्बरको विद्युतीय गाडी (इभी) चेकजाँच गर्ने क्रममा बिलबिजक नभएको उक्त काजु फेला पारेको थियो।
वीरगन्ज महानगरपालिका– २५ बस्ने रोशनकुमार साहलाई काजसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।