काठमाडौं/ विभिन्न मालपोत कार्यालयमा बसेर अकुत कमाएको अभियोगमा अख्तियारले नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका मुद्दा चलाएको छ। भ्रष्टाचारको सम्पत्ति अन्य व्यक्तिको नाममा लुकाएको खुलेपछि सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा चलेको हो।
पछिल्लो समय मालपोत कार्यालय, भक्तपुरमा कार्यरत रहेका आचार्यको परिवारसमेत विरुद्ध आयोगले नौ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो।