इपिजी प्रतिवेदन अब सान्दर्भिक छैन : भारत

सोमबार, ७ मंसिर, २०८३
डिजिटल संस्करण

नयाँदिल्ली  । भारतले नेपाल र भारतबिचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदनको सान्दर्भिकता सकिएको  उल्लेख गरेको छ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह भ्रमण सकाएर फर्किएपछि सोमबार साँझ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेशसचिव विक्रम मिश्रीले इपिजी प्रतिवेदनको सान्दर्भिकता सकिएको बताएका हुन् । 

‘नेपाल–भारत इपिजी प्रतिवेदन विगत भइसक्यो, अब सान्दर्भिक छैन । हामी विगतमुखी होइन भविष्यमुखी सम्बन्धतिर अघि बढेका छौँ । इपिजीका विषयमा दुई प्रधानमन्त्रीहरूबिच छलफल भएन । सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भयो,’  पत्रकार सम्मेलनमा उनले भने ।   

पुराना सन्धि–सम्झौता पुनरवलोकन गर्न नौ वर्षअघि दुवै देशका विज्ञ टोलीले सो प्रतिवेदन तयार गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो प्रतिवेदन बुझ्न चासो दिएका छैनन्। भारतले पहिलोपटक प्रतिवेदनको सान्दर्भिकता सकिएको बताउँदै यस विषयमा आफ्नो धारणा प्रस्ट पारेको छ। 
 

सुझावित समाचार