Skip This
मृत गैँडाको खाग भेट्नेले दुई वर्षअघि पाँच हजारमै बेचे : अहिले दुई करोडमा मोलमोलाइ चल्दै गर्दा ६ जना पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Saturday, 27 July, 2024
२o८१ जेठ ९ बुधबार o६:४१:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मृत गैँडाको खाग भेट्नेले दुई वर्षअघि पाँच हजारमै बेचे : अहिले दुई करोडमा मोलमोलाइ चल्दै गर्दा ६ जना पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार o६:४१:oo

दुई करोडमा किनबेचका लागि मोलमोलाई भइरहेको दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको खागसहित ६ जना चितवनको भरतपुरबाट पक्राउ परेका छन् । नौ वर्षअघि नवलपरासीको कावासोती नगरपालिका गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा मृत फेला परेको गैँडाको खाग बिक्रीका लागि मोलमोलाइ भइरहेका वेला चितवन राष्ट्रिय निकुञ्जको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

गत २७ चैतमा पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धानपछि निकुञ्जले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । कावासोती– १५ का ५० वर्षीय छविलाल परियार र ३६ वर्षीय प्रकाश घिमिरे, कावासोती– १६ का २९ वर्षीय क्रान्ति खड्का र ३८ वर्षका लेखनाथ सुनार पक्राउ परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनमगरले जानकारी दिए । उनका अनुसार बुलिङटार गाउँपालिका– ४ का ३५ वर्षीय खिमबहादुर बराल र बझाङ छबिसपाथीभरा गाउँपालिका– १ का २७ वर्षीय प्रकाशराज जोशी पनि पक्राउ परेका छन् । गैँडाको खाग कारोबारका अर्का आरोपी अर्जुन थापा भने फरार रहेको निकुञ्जले जनाएको छ । 

बरामद खाग २.४ इन्च उचाइ र ६० ग्राम तौलको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार गैँडाको खागको खरिद तथा बिक्री मुद्दामा बढीमा १० लाख रुपैयाँ जरिवाना, १५ वर्ष कैद कैद र जरिवाना दुवै हुने कानुनी व्यवस्था छ । 

खाग अहिले  कसले किन्दै थियो ?
नवलपरासीको कावासोती नगरपालिका– १५ का छविलाल परियार र भैरव थापा घाँसदाउरा गर्न जाँदा ०७२ चैतमा वनमा मरेर सडेको गैँडा देखेपछि खाग झिकेर घर ल्याएका थिए । खाग भेटाउनेमध्येका भैरवको साढे दुई वर्षअघि निधन भइसकेको छ । निकुञ्जका सूचना अधिकारीसमेत रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार डकर्मी र खेतीपातीको काम गर्दै आएका छविलालले वनबाट ल्याइएको खाग डेढ/दुई वर्षअघि मात्र प्रकाश घिमिरेलाई पाँच हजार रुपैयाँमा बेचेका थिए । 

प्रकाश घिमिरे कावासोतीमा होटेल व्यवसायसँगै खेतीपाती, माछा तथा पशुपालन गर्दै आएका छन् । घिमिरेसँग खाग रहेको सूचना सोही ठाउँका चालक पेसासँगै चियापसल चलाउने लेखनाथ सुनारमार्फत क्रान्ति खड्कासम्म पुगेको थियो । यी सबै एउटै ठाउँका हुन् । त्यसपछि क्रान्तिले टिकटकमा पुराना सिक्का र अन्य वस्तुका बारेमा कुरा गरिरहने बुलिङटारका खिमबहादुर बरालसँग खागका विषयमा कुरा गरे । बरालले बिक्रीका लागि ग्राहक खोजे, बझाङका प्रकाशराज जोशी । 

जोशी काठमाडौंमा बसेर जडीबुटी बिक्री गर्थे । उनी खाग किन्न भन्दै चितवन आए । क्रान्तिले रातो रंगको प्लास्टिकको झोलामा गैँडाको खाग बोकेका थिए । बरन्डाभार क्षेत्रनजिकै भरतपुर महानगर– ६ को खुला ठाउँमा साढे दुई करोडमा किनबेचका लागि मोलमोलाई गर्दै गर्दा उनीहरूलाई अनुसन्धानमा खटिएको टोलीले समातेको हो ।