१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o६:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले अध्यक्ष ओली र कांग्रेस नेता शेखरबीच समझदारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o६:१९:oo

एमाले अध्यक्ष ओली र कांग्रेस नेता शेखर कोइरालाबीच कोशी प्रदेशमा नयाँ सरकार गठनमा देखिएको अवरोध खुलाउने विषयमा केन्द्रित रहेर छलफल भएको छ । बुधबार भएको छलफलमा दुवै नेता सम्भावित मध्यावधि निर्वाचन रोकेर समाधान खोज्न तयार भएका छन् । 

भेटमा एमाले अध्यक्ष ओलीले मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खुला गराउने काममा भूमिका खेल्न कोइरालाको ध्यानाकर्षण गराएका थिए । कोशीमा कोइरालानिकट केदार कार्की मुख्यमन्त्री छन् । उनले राजीनामा नदिएकाले नयाँ सरकार गठन आह्वान रोकिँदा विवादले अदालतमा प्रवेश पाउने सम्भावना देखिँदै आएको छ ।

सत्तासमीकरणमा रहेका दलहरूबीच कोशी प्रदेशको नेतृत्व एमालेले लिने समझदारी छ । सोहीअनुसार एमालेले सरकार गठनका लागि प्रयास गर्दै आएको छ । ओलीका प्रेस संयोजक रामशरण बजगाईंले कोशीमा नयाँ सरकार गठनका विषयमा कोइरालासँग छलफल भएको बताए । कोइरालानिकट स्रोतले भने दुई नेताको भेटमा अवरोध हटाएर सम्भावित मध्यावधि निर्वाचन रोक्ने समझदारी भएको जनाएको छ । 
 

ad
ad