१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ बैशाख २२ शनिबार १९:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अफताब आलमसहित चारजनालाई जन्मकैद सजाय

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:२४:oo

कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमसमेत चारजनालाई जन्मकैदको सजाय सुनाइएको छ। जिल्ला अदालत रौतहटले लापरबाहीपूर्वक काम गरी ज्यान मारेको तथा विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान लिएको अभियोगमा सजाय तोकिएको हो। 

रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यले यस्तो फैसला गरेका हुन्। अदालतका स्रेस्तेदार उद्धव ढोडारीले आलमका साथै महताव आलम, शेष सेराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाइएको जानकारी दिए। 

यस मुद्दामा कुल ११ जना प्रतिवादी रहेकोमा चारजनालाई जन्मकैदको सजाय तोकिएको हो। एकजनालाई भने अदालतले सफाइ दिएको छ। 

स्रेस्तेदार ढोडारीका अनुसार मुक्ति साहले सफाइ पाएका हुन्। यसैगरी, ६ जनाको हकमा मुद्दा मुल्तवीमा राखिएको छ। 

मोहम्मद मोबिन, शेष फजलेहक, शेष भदई, सागिर आलम, गौरीशंकर साह र शेष मालाकारको हकमा मुद्दा मुल्तवी राखिएको अदालतले जनाएको छ। 

आलमसमेतका मान्छे मिली जिउँदै इँटाभट्टामा हाली ज्यान मारेको भन्दै १८ कात्तिक २०७६ मा मुद्दा दायर भएको थियो। जसमाथि साढे चार वर्षपछि फैसला भएको हो।
 

ad
ad