१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारतसँगकाे तीन सीमानाका बन्द रहने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १८:३७:oo

छिमेकी मुलुक भारत बिहार राज्यको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा हुन लागेको लोकसभा निर्वाचनको सन्दर्भमा नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय सिराहाले शनिबार सार्वजनिक सूचना जारी गर्दै पहिलो चरणको २५ वैशाखमा हुने निर्वाचनका लागि शनिबार (२२ वैशाख)को मध्यरातदेखि २५ वैशाखको मध्यरातसम्म नेपाल–भारत सीमानाका बन्द रहने जनाएको छ।

सूचनाअनुसार दोस्रो चरणअन्तर्गत ७ जेठमा हुने निर्वाचनका लागि ४ जेठको मध्यरातदेखि ७ जेठको मध्यरातसम्म सीमानाका बन्द रहनेछ। 

करिब दुई महिनाअघि भारत बिहारको मधुवनीमा सम्पन्न नेपाल भारतका सुरक्षा अधिकारीहरूको बैठकको निर्णयअनुसार भारतसँग सीमा जोडिएका सिराहाको ठाढी, बरियारपट्टी र मार्डर नाका बन्द गरिने सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले जानकारी दिए।

बिहार मधुवनीस्थित जिल्ला मजिस्ट्रेट, कलक्टर कार्यालय ११ अप्रिल २०२४ को पत्रमार्फत दुई चरणमा हुने निर्वाचनको ७२ घण्टाअगावैदेखि सीमानाका बन्द गरिदिन अनुरोध आएकाले सोहीबमोजिम १२ वैशाखको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सीमानाका बन्द गर्न लागिएको उनले बताए।

ad
ad