१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १६:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस प्रवक्ता महतको दाबी– याे सरकारको आयु छिट्टै टुंगिँदै छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १६:५७:oo

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातक रहेको बताएका छन्। शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा. महतले कांग्रेसका कारण मुलुकमा अस्थिरता नभएको जिकिर गर्दै अहिलेको अस्थिरता लोकतान्त्रिक आन्दोलन र विकासका लागि घातक रहेको बताएका हुन्।

‘नेपालको राजनीति नेपाली कांग्रेसको कारणले अन्योलग्रस्त भएको होइन। कांग्रेसको कारणले अस्थिरता आएको होइन। जसले अस्थिरता निरन्तर रूपमा निम्ताइरहेका छन्, त्यो प्रवृत्ति नेपालको लोकतान्त्रिक आन्दोलनको लागि घातक छ। नेपालको विकासको लागि घातक छ। नेपालको उन्नति र देशमा रोजगारी सिर्जनाको लागि घातक छ,’ उनले भने।

उनले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृतिलाई निस्तेज बनाउनुपर्ने धारणा राखे। अविश्वासको जगमा बनेको वर्तमान सरकार अविश्वासकै कारणले चाडै टुंगिने डा. महतको दाबी छ। उनले चाँडै विकास र स्थिरताप्रति समर्पित सरकार आउने दाबीसमेत गरे।

उनले भने,  ‘अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ। यसकै कारणले यसको आयु चाँडै टुंगिनेवाला छ। र, चाँडै नै हामीले लोकतन्त्रप्रति समर्पित, कुराले होइन कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउनेछ भन्ने विश्वास दिलाउन चाहन्छु।’

महतले समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने धारणा राखे। उनले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचनको बहस चलाउनुपर्नेमा जोड दिए।

ad
ad