Skip This
मकवानपुर दुर्घटना : घाइतेमध्ये दुईजनाको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 27 July, 2024
२o८१ जेठ ५ शनिबार १२:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मकवानपुर दुर्घटना : घाइतेमध्ये दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १२:२६:oo

मकवानपुरको बकैयामा भएको कार दुर्घटनाका घाइतेमध्ये दुईजनाको मृत्यु भएको छ। एकजनाको उपचार चलिरहेको छ।

मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका– ६ का १७ वर्षीय विवेक शाह र मकवानपुरको बकैया गाउँपालिका– १२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोन रहेका छन्।

उनीहरूको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। उनका अनुसार घाइते बाराको निजगढ नगरपालिका– ६ का ३० वर्षीय सन्दीप शाहको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।

शनिबार बिहान कान्ति लोकपथअन्तर्गत बकैया गाउँपालिका वडा नम्बर १२ चौतारा भन्ने स्थानमा कार भिरबाट खसेको थियो। ललितपुरबाट हेटौँडातर्फ आउँदै  गरेको ग ३ च ९४७५ नम्बरको कार भिरबाट अन्दाजी ४ सय मिटर तल खस्दा तीनजना घाइते भएका थिए।