काठमाडौं । कारागारमा रहेका बिचौलिया दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सर्वाेच्चमा सुनुवाइ हुने भएको छ। न्यायाधीशहरू शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासमा पेसी तोकिएको छ।
भट्टका बुबा चतुर्भुजले गत ७ असोजमा सर्वाेच्चमा रिट दर्ता गराएका थिए।
भट्टलाई सेटिङमा छुटाउन खोजिएको भन्दै हाल प्रहरीले बिचौलिया इनम सापकोटा र उनका दाइ सुशीललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उनलाई छुटाउन सापकोटाले आफूले प्रस्ताव गरेको न्यायाधीश हरि फुयालले बिहीबार पत्रकार भेटघाटमा बताएका थिए।