Skip This
हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Friday, 26 July, 2024
रासस बाग्मती
२o८१ जेठ ५ शनिबार १२:१९:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन

Read Time : > 1 मिनेट
रासस, बाग्मती
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १२:१९:oo

मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको छ।

विश्वव्यापी रूपमा आर्थिक मन्दी भइरहेका वेला उपमहानगरपालिकाले चालू आर्थिक वर्ष ०८०-८१ को १० महिनामा रु. २६ करोड ३५ लाख ३२ हजार पाँच सय ६० राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष ०७९-८० को सो अवधिको तुलनामा करिब ४.५२ प्रतिशत कम राजस्व संकलन हो।

उपमहानगरपालिकाले चालू आवमा रु. ३० करोड ९४ लाख पाँच हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा विभिन्न शीर्षकमा रु. २६ करोड ३५ लाख ३२ हजार पाँच सय ६० राजस्व संकलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिए।

उपमहानगरपालिकाले एकीकृत सम्पत्ति करबाट रु. पाँच करोड ९४ लाख २० हजार, घरबहाल करबाट रु. चार करोड ६६ लाख ८७ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु. चार करोड ५९ लाख ८६ हजार, बहाल बिटोरी करबाट रु. दुई करोड पाँच लाख ४७ हजार,  सिफारिस दस्तुरबाट रु. दुई करोड ८६ लाख ३१ हजार, व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट रु. एक करोड ९४ लाख २४ हजार, सरकारी सम्पत्ति बहालबाट रु. एक करोड ९६ लाख, ढुंगा, गिट्टी, बालुवा बिक्रीबाट रु. एक करोड ८० लाख, नक्सा पास दस्तुरबाट रु. ७८ लाख ६२ हजार र प्रशासनिक दण्ड जरिवानाबापत रु. ५१ लाख ३२ हजार दुई सय ५५ राजस्व संकलन भएको श्रेष्ठले बताए।

गत आव ०७९-८० को १० महिनाको तुलनामा यो करिब रु. तीन करोड ८२ लाख २५ बढी राजस्व संकलन भएको हो। उपमहानगरपालिकाले गत आव ०७९-८० मा रु. ३४ करोड ९३ लाख पाँच हजार दुई सय राजस्व संकलन गर्ने लक्ष्य रहेकामा साउनदेखि वैशाखसम्म विभिन्न शीर्षकमा रु. २२ करोड ५३ लाख ६ हजार आठ सय ९४ राजस्व संकलन गरेको थियो।

अघिल्लो आर्थिक वर्ष ०७८-७९ सम्म घरजग्गा रजिस्ट्रेसन शुल्क उपमहानगरपालिकाले उठाउँदै आएकामा गत आव ०७९-८० बाट राजस्व बाँडफाँट शीर्षकमा तीनै तहका सरकारमा राजस्व संकलन हुन थालेको छ। चालू आवमा घरजग्गा कारोबारमा कमी आउनु, ढुंगा, गिट्टी, बालुवा निकासी ठेक्का लगाउन नसक्नु, सिमेन्ट निकासीको ठेक्का लाग्न नसक्नु, सडक पूर्वाधार मर्मतसम्भारको ठेक्का लाग्न नसक्नुलगायत कारणले लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको श्रेष्ठको भनाइ छ।