मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २६ बिहीबार
  • Thursday, 11 September, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २६ बिहीबार २३:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

राष्ट्रपति र सभामुखबीच शीतल निवासमा भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २६ बिहीबार २३:४८:oo

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेट भएको छ । विहीबार साँझ ७ बजेतिर शीतल निवासमा भेट भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए ।

भेटमा सभामुख घिमिरेले संसद बस्नुपर्ने र बोलाउनुपर्ने धारणा राखेका थिए । साथै पछिल्लो परिस्थितिको निकासबारे के सोच्नुभएको छ भनेर राष्ट्रपतिलाई सोधेका थिए । ‘सभामुखज्यूले संसद बस्नुपर्छ । बोलाउनुपर्छ भन्नुभयो । साथै पछिल्लो परिस्थितिको निकासको बारे के सोच्नुभएको छ भनेर जिज्ञासा राख्नुभयो,’ सञ्चारविज्ञ अधिकारीले भने, ‘राष्ट्रपतिले संविधानको अधिनमा रहेर संविधानभित्रैबाट निकास खोज्छु भन्नुभएको छ ।’ 
राष्ट्रपति पौडेलले संसद विघटनबारे पनि चासो राखेका थिए । सभामुखसँगको भेटपछि सभामुख घिमिरेले पछिल्लो परिस्थितिको निकासका लागि कानुनविद्सँग छलफल गरेका छन् ।