१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बजेटमा उपत्यकाका पाँच योजना समावेश गर्न प्रधानमन्त्रीलाई पौडेलको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १८:२९:oo

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले आगामी बजेटमा उपत्यकाको विकाससँग सम्बन्धित पाँच योजना समावेश गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन्।

शनिबार प्रधानन्त्रीनिवास बालुवाटारमा पुगेर उनले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं– ५ उपत्यकाका नागरिकको जीवनसँग प्रत्यक्ष जोडिने भन्दै पाँच योजना बजेटमा समावेश गर्न माग गरेका हुन्।

पौडेलले शिवपुरी राष्ट्रिय निकुञ्ज जलाधार क्षेत्रभित्रका स्रोतहरूबाट खानेपानी संकलन गरी उपत्यकाको खानेपानी समस्या समाधान गर्न शिवपुरी खानेपानी आयोजना बनाउने विषय बजेटमा समावेश गर्न माग गरेका छन्। साथै, विष्णुमती नमुना करिडोर निर्माण, टुकुचा खोला निर्माण तथा ढल व्यवस्थापन आयोजना, रिङरोड दोस्रो खण्ड विस्तार आयोजना र भूतखेल मैदान खेलकुद विकास योजनालाई बजेटमा समावेश गर्न माग गरेका छन्। ध्यानाकर्षणका सम्बन्धमा प्रधानमन्त्री सकारात्मक रहेको उनको भनाइ छ।

‘उपत्यकाका र नागरिकका जीवनसँग प्रत्यक्ष जोडिएका आयोजनाहरू कार्यान्वयनमा लैजान प्रधानमन्त्री सकारात्मक देखिनुभएको छ,’ प्रधानमन्त्रीको प्रतिक्रियाबारे पौडेलले भने।

पौडेलले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअनुसार विष्णुमती खोला करिडोर हालसम्म निर्माण हुन नसकेको भन्दै यसलाई नमुना सडकका रूपमा निर्माण गर्न सकिने अवस्था रहेको औँल्याएका छन्।

ad
ad