१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १३:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

जितका लागि नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:४८:oo

दोस्रो टी–२० खेलमा वेष्ट इन्डिज ‘ए’ले नेपाली राष्ट्रिय टोलीलाई एक सय ६१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा रोस्टन चेजको कप्तानीमा रहेको वेष्ट इन्डिजले  निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ६० रन बनाएको हो । नेपाली स्पिनर चम्किएपछि वेष्ट इन्डिज कम योगफलमै रोकिएको हो । 

३६ वर्षीय दायाँहाते ब्याटर आन्द्रे डेभिड स्टेफन फ्लेचरले ३६ बलमा सर्वाधिक ४३ रन बनाएका छन्।  उनले चार चौका प्रहार गरे । फ्लेचरले वेष्ट इन्डिजबाट २५ एकदिवसीय र ५४ टी–२० आई खेलिसकेका छन् । 

नवौँ नम्बर क्रिजमा आएका गुडाकेश मातीले आक्रामक ब्याटिङ गर्दै आठ बलमा दुई चौका र चार छक्कासहित ३३ रन बनाए। अन्तिम ओभरमा उनले दीपेन्द्रसिंह ऐरीलाई २२ रन हानेका हुन् ।

कप्तान रोस्टन चेजले २२ बलमा दुई चौका र एक छक्कासहित २३ रन बनाए । पहिलो खेलमा अर्धशतक बनाएका चेजलाई दोस्रो खेलमा स्पिनर कुशल भुर्तेलले बोल्ड गरे। 

ओपनर जोनसन चार्लेसलाई ११ रन बनाएको अवस्थामा सागर ढकालले बोल्ड गरेका थिए । केयसी कार्टीले १० रन बनाउँदा कुशल भुर्तेलले कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए।

किमो पउललाई आठ रन बनाएको अवस्थामा सोमपाल कामीले बोल्ड गरे । पउल आउट हुँदा वेष्ट इन्डिजले १६.१ ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको थियो । त्यसअघि सागरले आफ्नो दोस्रो बलमै ओपनर एलिक एथानाजेलाई कुशल मल्लबाट क्याच गराउँदै वेष्ट इन्डिजविरुद्ध दबाब बढाएका थिए । 

१८औँ ओभरमा वेष्ट इन्डिजले दुई विकेट गुमाएको हो। हेडन वाल्सलाई नाै रन बनाउँदा कप्तान रोहितले रनआउट गराए। १७.२ मा वाल्स रन आउट हुँदा १७.५ ओभरमा फ्लेचरलाई दीपेन्द्रसिंह ऐरीले लोकस बमबाट क्याच आउट गराएका हुन्।

बलिङतर्फ स्पिनर सागर र कुशल भुर्तेलले समान दुई विकेट लिएका हुन् । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको नाममा समान एक विकेट रह्यो । आकाश चन्द र मल्ल भने विकेटविहीन रहे।

बायाँहाते स्पिनर सागरले चार ओभरमा १९ रन खर्चिएका हुन् । पहिलो खेलमा उनी बेन्चमै थिए। चार ओभर बलिङ गरेका सागरले २३ रन खर्चिएका हुन् । दुई ओभर बलिङ गरेको अर्का तीव्रगतिका बलर आकाश चन्द पनि विकेटविहीन रहे । 

दोस्रो खेलमा प्रशिक्षक मोन्टी देसाईले पाँच खेलाडी परिवर्तन गरेका छन् । लोकेस बम, सोमपाल कामी, आरिफ शेख, सागर ढकाल र आकाश चन्दले पहिलो एघारमा स्थान बनाएका छन्।

पहिलो खेल खेलेका कमलसिंह ऐरी, अभिनाश बोहरा, विवेक यादव, ललितनारायण राजवंशी र प्रतिश जिसीलाई बाहिर राखिएको छ। पहिलो खेलमा कप्तान रोहितले एक सय १२ रन बनाउँदा नेपालले वेष्ट इन्डिजलाई नेपालले चार विकेटले हराएको थियो।

ad
ad