१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २९ शनिबार १३:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

शुल्क वृद्धि खारेजीको माग गर्दै महेन्द्रनगरको इन्टरनेसनल स्कुलमा तालाबन्दी 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १३:२२:oo

अखिल क्रान्तिकारीले कञ्चनपुरको एक निजी विद्यालयमा तालाबन्दी गरेको छ। सत्ताधारी क्रान्तिकारीले महेन्द्रनगरको इन्टरनेसनल स्कुलमा तालाबन्दी गरेको हो। आइतबार अखिल क्रान्तिकारी कञ्चनपुरले विद्यालयमा तालाबन्दी गरेको जनाएको छ। 

अखिल क्रान्तिकारीले शुल्क वृद्धि खारेजी गर्नुपर्ने, ०८० कै शुल्क कायम हुनुपर्ने, पाठ्यपुस्त्क परिवर्तन गर्न नहुने, गत वर्षकै हुनुपर्ने, भर्ना शुल्क लिन नहुने, विद्यालयले दिने न्यूनतम १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने सूचना सार्वजनिक गर्नुपर्ने माग अघि सारेर तालाबन्दी गरिएको छ।
 
अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले क्रान्तिकारीले विद्यार्थी भर्ना अभियानकै क्रममा विद्यार्थीको हकहितका लागि उठान गरिएका बुँदा कार्यान्वयन नहुँदा इन्टरनेसनलमा तालाबन्दी गरिएको बताए। 

उनले यातायात शुल्क मनोमानी भएकाले, यातायात मापदण्ड पालना नगरेको र विद्यार्थीलाई क्षमताभन्दा बढी अध्ययन गराएको र शैक्षिक संरचना मापदण्डसमेत पूरा नगरेकाले विद्यालय बन्द गर्न माग अघि सारेको छ। 

इन्टरनेसनल स्कुलले भने क्रान्तिकारीले अघि सारेका एजेन्डा जस्तै शुल्क वृद्धि, पाठ्यपुुस्तक परिवर्तन र मापदण्डअनुरूप नै विद्यार्थी ओसार्ने काम भइरहेको जनाएको छ। इन्टरनेसनल स्कुलका प्रिन्सिपल राजेन्द्रप्रसाद भट्टले अघिल्लो शैक्षिक सत्र ०८० को तुलनामा अति समान्य मात्रै शुल्क वृद्धि गरिएको बताए। 

किताब परिवर्तन नभएको तर, अठराई पब्लिकेसनलाई पाठ्यक्रम विकास केन्द्रले कारबाही गरे पनि मात्रै अग्रेजी विषयको पुस्तक परिवर्तन गरिएको बताए।

विद्यालयमा विद्यार्थीलाई मर्का पर्ने गरेर शुल्क वृद्धि नभएको, मापदण्डअनुरूपै विद्यालयले गुणस्तर शिक्षा प्रदान गरिएको प्रिन्सिपल भट्टले बताए। क्रान्तिकारीले विद्यालयमा गरेको तालाबन्दीका विषयमा छलफलका माध्यमबाट अघि बढ्ने विद्यालयले जनाएको छ। 

अखिल क्रान्तिकारीले कञ्चनपुरका अन्य निजी विद्यालयले भने गरेको शुल्क वृद्धिदेखि विभिन्न पब्लिकेसनबाट कमिसन खाएर किताब परिवर्तनजस्ता मापदण्ड गैरकानुनी कामकाजविरुद्धमा थप विद्यालयविरुद्धमा संघर्ष गरिने जनाएको छ। 

ad
ad