१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
प्रतिकात्मक तस्बिर
२o८१ बैशाख २१ शुक्रबार १३:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ड्युटीमा रहेका प्रहरीकै पेस्तोल हरायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:१o:oo

इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट ड्युटीमा रहेका प्रहरीको पेस्तोल हराएको छ । आइतबार मध्यरातमा गाँजा तस्करी हुँदै छ भन्ने सूचना पाएको प्रहरी अमलेखगन्जबाट उत्तरतर्फको जंगलमा जाने क्रममा वरिष्ठ सइ पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल हाराएको हो ।

१० राउन्ड गोली भरिएको पेस्तोल हराएको हो। ड्युटीमा खटिएका सुरक्षाकर्मीबाटै हतियार हराएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

‘प्रहरीलाई आएको विशेष सूचनाको आधारमा अनुसन्धान गर्न गएका वरिष्ठ सइ बिसीले बुझेर लगेको पेस्तोल हराएको हो, पेस्तोलको खोजीकार्य भइरहेको छ,’ प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने भने ।

ad
ad