काठमाडौं/ ३४ करोड रुपैयाँ कर्जा दुरुपयोगको आरोपमा व्यवसायी दीक्षान्त बानियाँ पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई पक्राउ गरेको हो ।
विभिन्न बैंकको कर्जा दुरुपयोगबारे राष्ट्र बैंकको पत्रका आधारमा उनलाई पक्राउ गरिएको सिआइबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले भूगर्व सिमेन्ट कम्पनीको नाममा लिएको कर्जा अन्य कम्पनीमा लगानी गर्नुका साथै सेयर खरिदमा प्रयोग गरेका थिए।
चारवटा बैंकबाट उनले ३४ करोड कर्जा लिएकामा त्यो रकम अन्यत्र खर्च गरेको सिआइबी स्रोत बताउँछ । कर्जा चुक्ता गरेपनि उदेश्यविपरीत खर्च गरेको देखिएपछि उनीविरुद्ध बैंकिङ कसुर मुद्दामा अनुसन्धान भएको हो। उनी नेपाली कांग्रेसका नेताका छोरा हुन्।