मकवानपुर- पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ।
सोमबार राति ११ बजे ठूलो सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक मंगलबार बिहान पौने ८ बजे पहिरो हटाएसँगै सञ्चालनमा आएको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ ।
पहिरोका कारण तिहार मनाउन घर जाने तथा चाडपर्व मनाएर फर्किने यात्रुहरू बीच बाटोमै अलपत्र परेका थिए । सडक अवरुद्ध भएपछि राजमार्गमा सवारीसाधनको लामो जाम लागेको थियो ।
यसअघि सोमबार पनि सोही सडकखण्डमा पहिरो खस्दा यातायात अवरुद्ध भएको थियो । लगातार पहिरो खस्न थालेपछि पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ ।