बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका– ८, शीतलबजारमा भे.१४प ८६२४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा परेर मोटरसाइकलचालक बाँकेको कोहलपुर नगरपालिका– ९ बस्ने वर्ष २० का दीक्षित श्रेष्ठ र मोटरसाइकलको पछाडि सवार सोही स्थान बस्ने वर्ष १६ का रिदम थापा घाइते भएका थिए।
घाइते भएका दुवैजनालाई उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी अस्पताल मेडिकल साइन्स कलेज पठाइएकोमा प्रारम्भिक उपचारपश्चात् थप उपचारका लागि भारतको लखनउ लगिएको थियो। उपचारकै क्रममा आज बिहान चिकित्सकले रिदम थापालाई मृत घोषणा गरेका थिए।
मोटरसाइकलचालक दीक्षित श्रेष्ठको शरीरका विभिन्न भागमा चोट लागेकाले अवस्था गम्भीर रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।