Skip This
ललितपुरको ग्वार्काेमा फ्लाइओभर बन्दै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
संजित परियार काठमाडाैं
२o८१ बैशाख २६ बुधबार o७:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

ललितपुरको ग्वार्काेमा फ्लाइओभर बन्दै

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:o६:oo

ललितपुरको ग्वार्काेमा फ्लाइओभर बन्दै छ । आगामी असारभित्र निर्माण सक्ने गरी सडकको दायाँबायाँतर्फ रि–वाल प्यानल हालेर बीचमा माटो फिलिङ गरी स्लोप बनाउने काम भइरहेको छ ।

१२ वैशाखमा ग्रिडर राख्ने काम पनि भएको सडक विभागका सिडिई राकेश महर्जनले बताए । उनका अनुसार अब ग्रिडरमाथि स्लोप ढलानको काम हुनेछ । आगामी असारभित्र अन्डरपास सडकसहित चार लेन सडक भएको फ्लाइओभर निर्माणको लक्ष्य छ ।

आशिष–समानान्तर–रेलिगेर जेभीले भ्याटसहित १७ करोड ६ लाखमा २७ माघ ०७८ मा फ्लाइओभरको ठेक्का पाएको थियो । ११ फागुनभित्र निर्माण सक्नुपर्ने सम्झौता रहे पनि अब आगामी असारसम्मको लक्ष्य राखिएको छ ।

ad
ad