१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार २o:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार २o:o४:oo

रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ। यसमा दुई वर्षअघि आफ्ना रुसी सेनालाई पछाडि धकेलिएको खार्किभ क्षेत्र पनि समावेश छ। 

मस्कोले हालका महिनाहरूमा मोर्चामा अग्रता हासिल गरेको दाबी गरेको छ। किभले पश्चिमी सहयोगको महत्त्वपूर्ण आपूर्तिको प्रतीक्षा गरिरहेको वेला रुसले युद्धमैदानमा आफ्नो जनशक्ति र हतियारको फाइदाका कारण दबाब बढाएको बताइएको छ। 

रुसी रक्षा मन्त्रालयले युक्रेनको सेनाले ‘खार्किभ क्षेत्रमा किस्लिभ्का गाउँ’ र ‘डोनेट्स्क पिपुल्स रिपब्लिकमा नोभोकालिनोभ’ लाई मुक्त गरेको जनाएको छ। 

किस्लिभ्का संकटग्रस्त युक्रेनी गढ कुपियान्स्कबाट करिब २० किलोमिटर टाढा छ भने नोभोकालिनोभ अबडिभकाबाट करिब १० किलोमिटर उत्तरमा छ। यी गाउँलाई मस्कोले फेब्रुअरीमा कब्जा गरेको थियो। 

यता युक्रेनी सेनामा गोला–बारुदको गम्भीर अभावको फाइदा उठाएर रुसले उत्तर-पूर्वमा नयाँ आक्रमणको तयारी गरिरहेको हुन सक्छ भन्दै युक्रेनका अधिकारीहरू चिन्तित छन्। 

युक्रेनका कमान्डर–इन–चिफ अलेक्जेन्डर सिरस्कीले अप्रिलमा किएभका तीनवटा गाउँबाट पछि हटेको र अगाडिको रक्षा गर्नका लागि किल्लाको नयाँ लाइन बनाइरहेको स्वीकार गरेका थिए।  

रुसी रक्षा मन्त्रालयले किएभले रातभर हवाई आक्रमण गरेपछि युक्रेनी ऊर्जा र सैन्य केन्द्रविरुद्ध जवाफी आक्रमण सुरु गरेको बताएको छ। 

'रुसी ऊर्जा सुविधाहरूमा क्षति पुर्‍याउन किएभ शासनको प्रयासको जवाफमा आज बिहान रुसी संघको सशस्त्र सेनाले युक्रेनको सैन्य–औद्योगिकपरिसरको ऊर्जा सुविधा तथा उद्यमहरूविरुद्ध सामूहिक आक्रमण सुरु गरेको छ,' मन्त्रालयले भनेको छ। 

ad
ad