१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १४:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

चालक दलका सदस्य एकाएक बिरामी, एयर इन्डियाका ७० उडान रद्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:२९:oo

वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परेपछि बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटाभन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू रद्द भएका छन्।

एयर इन्डिया एक्सप्रेसले बुधबार आफ्नो उडान सञ्चालनमा ठूलो अवरोधको सामना गर्नुपरेको जनाएको छ। लगभग ७० वटा रद्द उडानमा प्रायः अन्तर्राष्ट्रियका वरिष्ठ चालक दलका सदस्य बिरामी भएको कारण रद्द वा ढिलाइ भएको थियो। 

भारतीय नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार मंगलबारदेखि सुरु भएको यो समस्या बुधबार बिहानसम्म जारी रहेको थियो। नागरिक उड्डयन अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्। 

स्वास्थ्य समस्यालाई उद्धृत गर्दै उडानअघि केही वरिष्ठ चालक दलका सदस्यहरूले आफ्नो मोबाइल फोन बन्द गरेको स्रोतहरूले बताएका छन्।

वैकल्पिक पाइलटहरू उपलब्ध नभएका कारण उडानहरू रद्द गर्नुपरेको थियो। एयर इन्डिया एक्सप्रेसले परिस्थितिको मूल्यांकन गरिरहेको जनाउँदै प्रभावित यात्रुहरूसँग माफी मागेको छ।

एयर इन्डिया एक्सप्रेसका प्रवक्ताले क्याबिन क्रुको टोलीले मंगलबार राति बिरामी भएको रिपोर्ट गरेको परिणामस्वरूप उडानमा ढिलाइ र रद्द भएको बताए। घटनाका कारणहरू बुझ्नका लागि चालक दलका सदस्यहरूसँग एयर इन्डिया एक्सप्रेसको टोलीले छलफल गरिरहेको छ।

यस्तै घटना अप्रिल १ मा भिस्तारा एयरले पनि सामना गर्नुपरेको थियो। त्यसबखत पाइलटहरू बिरामी भएकाले सयभन्दा बढी उडान प्रभावित भएका थिए। 
 

ad
ad