कांग्रेसलाई लामिछानेको प्रश्न– गृहमन्त्री बन्न नमिल्ने व्यक्ति कसरी प्रधानमन्त्री बन्न मिल्छ?

आइतबार, ६ जेठ, २०८१
डिजिटल संस्करण
कांग्रेसलाई लामिछानेको प्रश्न– गृहमन्त्री बन्न नमिल्ने व्यक्ति कसरी प्रधानमन्त्री बन्न मिल्छ?

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्रीको लागि अफर गरेको आशय व्यक्त गरेका छन्।

सहकारीका विषयमा आफूप्रति उठेका विषयमा आइतबार प्रतिनिधिसभामा जवाफ दिँदै उनले गृहमन्त्री बन्न नमिल्ने व्यक्ति कुन नैतिकताले प्रधानमन्त्री बन्न मिल्छ भन्दै प्रश्न गरे।

‘म गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न कुन नैतिक रूपले मिल्ने रहेछ? म यो सदनमा सोध्न चाहन्छु। अफर गर्नेहरूले कान रातो पार्न पर्दैन। म राजनीतिमा गोपनीयतालाई ख्याल राख्ने मान्छे हुँ,’ उनले भने।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको अफर गरेको भन्दै लामिछानेले भने, ‘हिजो मलाई डेढ वर्ष प्रधानमन्त्री स्वीकार गर्ने अफरको डेट एक्सपाएर भयो कि अझै बाँकी छ?’

सुझावित समाचार