१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गण्डकी प्रदेश सरकारविरुद्ध अदालत जाने कांग्रेसको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १८:४४:oo

नेपाली कांग्रेसले गण्डकी प्रदेशमा सरकार गठन असंवैधानिक भएको निष्कर्ष निकाल्दै कानुनी उपचार खोज्ने निर्णय गरेको छ।

बुधबार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले न्यायालय जाने निर्णय गरेको हो।

संविधानविपरीतका गतिविधि सच्याउन कांग्रेसको भूमिका आवश्यक रहेकाले कानुनी उपचारमा जाने निष्कर्ष निकालिएको पार्टी उपसभापति धनराज गुरुङको भनाइ  छ।

‘गण्डकी प्रदेश सरकार गठनको क्रममा अन्याय भएको छ, न्याय खोज्नेछौँ। संविधान मिचिएको छ, संविधान मिच्न हुन्न भनेर अगाडि बढ्नेछौँ, असंवैधानिक कदम चालेकोप्रति हामी गम्भीर छौँ। न्याय खोज्न न्यायालय जानेबारे बैठकमा गम्भीर छलफल भयो,’ बैठकपछि गुरुङले भने।

६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० जनाको समर्थनलाई बहुमत मान्दै मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको सभामुखको घोषणा विवादमा छ। उक्त घोषणाविरुद्ध कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराइसकेका छन्।

ad
ad