मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख ५ बुधबार
  • Friday, 14 August, 2026
२o८१ बैशाख ५ बुधबार १५:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१३० किलो लागुऔषधसहित मकवानपुरका सातजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ५ बुधबार १५:४३:oo

नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको संयुक्त गस्ती टोलीले पर्सा राष्ट्रिय निकुञ्जको बाटो भएर वीरगन्जतर्फ लैजाँदै गरेको अवस्थामा लागुऔषध गाँजासहित मकवानपुरका सातजनालाई पक्राउ गरेको छ। 

प्रहरीेका अनुसार ४ वैशाखमा एक सय ३० किलो एक सय ५० ग्राम गाँजासहित जिल्लाको राक्सिराङ, मनहरी र कैलाश गाउँपालिकाका गरी सातजनालाई पक्राउ गरिएको हो। 

उनीहरूलाई पर्सा राष्ट्रिय निकुञ्जको कोर एरियामा रहेको मसिने क्षेत्रको मध्यवर्ती सामुदायिक वनबाट पर्साको वीरगन्जतर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

पक्राउ पर्नेहरूमा जिल्लाको कैलाश गाउँपालिका– ४ का २८ वर्षीय बमबहादुर चेपाङ, सोही ठाउँका २७ वर्षीय वीरमान प्रजा र २७ वर्षीय हरिकुमार प्रजा रहेका छन्।

यस्तै मनहरी गाउँपालिका– ५ का ३६ वर्षीय दीपक थापामगर, वडा नम्बर ३ का ४४ वर्षीय रामहरि लुइँटेल र राक्सिराङ गाउँपालिका– ७ का १९ वर्षीय टीकाराम प्रजा र एकजना नाबालक छन्।

सेना र निकुञ्जको टोलीले उनीहरूलाई ४ गते दिउँसो २ः३० बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका– ४ माथिल्लो मसिने हुँदै बोरामा बोकेर पैदल पर्सातर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेको प्रहरी प्रवक्ता भण्डारीले बताए।

निकुञ्ज र सेनाको टोलीले फेला पारेको लागुऔषध गाँजाका विषयमा प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रकाश सिम्खडा र इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरीक्षक रामशरण दुलालको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले जानकारी दिए।