१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
यातायात व्यवस्था विभागका पूर्वकर्मचारी सुरज प्रकाश अर्याल
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार १o:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नक्कली लाइसेन्स प्रकरण : अख्तियारमा कार्यरत विभागका पूर्वकर्मचारी अर्याल पनि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:२१:oo

नक्कली सवारी लाइसेन्स जारी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यातायात व्यवस्था विभागका अर्का पूर्वकर्मचारी सुरजप्रकाश अर्याललाई पक्राउ गरेको छ । उनी विभागमा कम्प्युटर इन्जिनियरका रूपमा कार्यरत थिए । 

लिखित र ट्रायलविनै प्रणाालीभित्र छिरेर सर्वसाधारणको डाटामा खेली फर्जी लाइसेन्स जारी गरेको प्रकरणमा हिजो मात्रै सिआइबीले विभागका पूर्वकरारका कर्मचारी हरिश भट्टलाई पक्राउ गरेको थियो । 

आज पक्राउ परेका कर्मचारी अर्याल पनि यस प्रकरणमा मुख्य भूमिका खेल्नेमध्येका व्यक्ति मानिन्छन् । विभागमा तीन वर्ष कार्यरत रहेका अर्याल गत वर्ष सरुवा भएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेका थिए ।

त्यहाँबाट केही समयअघि मात्र उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा भएका थिए । हाल उनी अख्तियारमा कार्यरत छन् । नक्कली लाइसेन्स प्रकरणमा दर्जनौँ व्यक्ति पक्राउ पर्ने अनुमान छ ।

ad
ad