मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ३ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका लुम्बिनी
२o८१ पौष ३ बुधबार २१:३४:oo
Read Time : < 1 मिनेट
समाचार

लुम्बिनी विकास क्षेत्रभित्रका विहार र होटेलबिच १० वर्षदेखि चल्दै आएको विवाद मिल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
नयाँ पत्रिका
२o८१ पौष ३ बुधबार २१:३४:oo

लुम्बिनी विकास कोषभित्र रहेका विहार, लुम्बिनी होटेल संघबिच १० वर्षदेखि चल्दै आएको विवाद समाधान भएको छ। लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार गुम्बाहरूले तीर्थयात्रीलाई होटेलमा जस्तै सुविधा दिएर राखेको विषयलाई लिएर उनीहरूबिच विवाद चल्दै आएको थियो। 

होटेल व्यवसायी र गुम्बा विहार सञ्चालनका लागि विकास कोषको नेतृत्वमा विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि, ०८१ तयार गरेर कार्यान्वयनमा लैजाने र लुम्बिनीमा आध्यात्मिक वातावरण बनाउने सहमति भएपछि विवाद टुंगिएको हो। 

कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाको पहलमा ८ बुँदे सहमति गर्दै कार्यविधि बनेसँगै उत्पन्न विवाद समाधान भएको हो। ‘कोषको नेतृत्वमा लुम्बिनी होटेल संघ, लुम्बिनी सांस्कृतिक नगरपालिका र जिल्ला प्रशासन कार्यालय रूपन्देहीको समेत संलग्नतामा होटेल र विहारका विषयमा देखिएका समस्याहरू समाधान गर्ने गरी कार्यविधि बनाएर समस्या समाधान गरेका छौँ,’ लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवालीले भने।

बुधबार लुम्बिनी क्षेत्रबाट प्रतिनिधित्व गर्ने रूपन्देही क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेको उपस्थितिमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमे)सहित होटेल व्यवसायी, विहारका प्रतिनिधिहरूको बैठकले विवाद समाधान गर्दै कार्यविधि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्याम रोक्काले बताए। 

दुई पक्षबिचमा भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामाले निर्देशन दिएका छन्।