नेकपा(एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले आगामी चैतभित्र २४ औँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ। बुधबार बसेको १२औँ सचिवालय बैठकले महाधिवेशनबारे निर्णय गरेको हो
त्यस्तै, आगामी २५ र २६ पुसमा स्ववियु निर्वाचन तयारी कार्यशाला गर्ने निर्णय पनि गरेको छ। कार्यशालामा देशभरका अनेरास्ववियुका जिल्ला अध्यक्षहरूको उपस्थिति रहने अध्यक्ष समिक बडालले जानकारी दिए।
केन्द्रीय कमिटीको चौथो बैठक माघ ६, ७ र ८ मा गर्ने भएको छ।
बैठकले त्रिभुवन विश्वविद्यालयका स्ववियु सचिव तथा अनेरास्ववियु अध्यक्ष सिद्धान्त भट्टद्वारा प्रस्तुत ३५बुँदे विश्वविद्यालय सुधारको माग तत्काल पूरा गर्न सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।