Skip This
कप्तान रोहितको शतकप्रेरित नेपालले वेस्ट इन्डिज ‘ए’लाई हरायो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १५:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

कप्तान रोहितको शतकप्रेरित नेपालले वेस्ट इन्डिज ‘ए’लाई हरायो

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १५:५८:oo

कप्तान रोहितकुमार पौडेलको शतकप्रेरित नेपालले वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० खेल चार विकेटले जितेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले कप्तान रोस्टन चेसको अर्धशतक मद्दतमा दुई सय पाँच रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकालेको हो।

नेपालको इनिङ्समा कप्तान रोहितकुमार पौडेलले शतक बनाए। उनले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका हुन्। त्यसअघि, रोहितले १७.२ ओभरमा ४६ बल खेल्दै १० चौका र पाँच छक्कासहित शतक बनाएका हुन्। रोहितले २७ बलमा ६ चौका र २ छक्कासहित ५१ रन बनाएका हुन्। रोहितले अर्धशतक बनाउँदा तीन विकेट गुमाएको नेपालले १०.२ बलमा ९३ रन बनाएको हो। नेपाल १२–१ मा रहँदा क्रिजमा आएका थिए।

रोहित आउट हुँदा नेपाललाई १३ रन आवश्यकता थियो। क्रिजमा रहेको गुल्सन झा र प्रतीश जिसीले अन्तिम ओभरमा जित दिलाएका हुन्। गुल्सनले ४ बलमा ९ र प्रतिशले २ बलमा पाँच रन बनाए।

दीपेन्द्रसिंह ऐरीले १८ बलमा २४, कुशल मल्लले १६, कुशल भुर्तेलले १५ रनको योगदान गरेका थिए। ओपनर अनिलकुमार शाह भने पाँच रन बनाएर आउट हुँदा आफूलाई प्रमाणित गर्न सकेनन्।

यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले कप्तान रोस्टन चेसको अर्धशतक मद्दतमा दुई सय पाँच रनको लक्ष्य प्रस्तुत गरेको थियो। वेस्ट इन्डिजबाट ४९ टेस्ट खेलिसकेका चेसले नेपालविरुद्ध ४५ बलमा ९ चौका र दुई छक्कासहित ७४ रन बनाएका हुन्।

ओपनर एलिक एथानजीले २५ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ४७ रन बनाए। केसी कार्टीले २६ बलमा दुई चौका र दुई छक्कासहित ३८ रन बनाएका हुन्। उनी आउट हुँदा वेस्ट इन्डिज १४.२ ओभरमा ४ विकेट गुमाएर १४६ रनमा खेलिरहेको थियो।

तेस्रो नम्बर क्रममा क्रिज आएका आन्द्रे फ्लेचरले ५ बलमा १३ रन बनाइरहेको अवस्थामा रोहितकुमार पौडेल र विकेटकिपर अनिलले कुमार शाहबाट रनआउट हुन पुगे। चेस र कदिम एलिनीबीच ५७ रनको सर्वाधिक साझेदारी भएको थियो। कदिमले १४ रन बनाए। 

छैटौँ बलमा कमलसिंह ऐरीले दुई बल खेलिरहेका ओपनर जोनसन चार्लेसलाई शून्यमा बोल्ड गरेका थिए।

नेपालको लागि कमलसिंह ऐरी, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट हात पारेका हुन्। टोलीमा कमब्याक गरेको कमलले तीन ओभरमा एक विकेट लिएर ५३ रन खर्चिएका थिए।

चार ओभर बलिङ गरेका ललितनारायण राजवंशी ३४ रन खर्चिएर विकेटविहीन भए। तीन ओभर बलिङ गरेका प्रतीश जिसी पनि विकेटविहीन भएका हुन्।

पहिलो खेलमा प्रशिक्षक मोन्टी देसाईले अनुभवी आसिफ शेख, सोमपाल कामी र करण केसीलाई बाहिर राखेका छन्। उनीहरूको स्थानमा विकेटकिपर तथा ब्याटर अनिलकुमार साह, विवेक यादव तथा कमलसिंह ऐरीलाई मौका दिएका हुन्।

आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको तयारी स्वरूप वेस्ट इन्डिज पहिलोपटक नेपालमा खेल्न आएको हो। शृंखलाको दोस्रो खेल आइतबार खेल्नेछ। तेस्रो खेल १९ वैशाखमा, चौथो २० वैशाखमा र पाँचौँ खेल २२ वैशाखमा हुनेछ।

विश्व क्रिकेटमा वेस्ट इन्डिजको उपस्थिति दरिलो छ। सन् १९७५ र ७९ मा वेस्ट इन्डिजले लगातार दुईपटक ६० ओभरको एकदिवसीय विश्वकप जितेको थियो। सन् २०१२ र २०१६ मा यस टोलीले टी–२० आई विश्वकप उपाधि उचालेको थियो।

विश्व क्रिकेटमा नेपालको उत्कृष्ट प्रदर्शन नै सन् २०१४ को टी–२० विश्वकप खेल्नु थियो। १० वर्षपछि नेपालले टी–२० विश्वकपमा स्थान बनाएको हो। आधिकारिक रूपमा नेपाल र वेस्ट इन्डिजको सिनियर टोलीबीच गत वर्ष जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा प्रतिस्पर्धा भएको थियो।

ad
ad