१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ८ मंगलबार
  • Monday, 09 September, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
२o७८ भदौ ८ मंगलबार o६:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काबुलबाट फर्किए ६५४ नेपाली : ३५० जना बाटोमा,  ३६१ उद्धारको पर्खाइमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ८ मंगलबार o६:३१:oo

अफगानिस्तानको काबुलबाट उद्धार भएका ६ सय ५४ नेपाली स्वदेश फर्किएका छन् । बाँकी करिब तीन सय ५० नेपाली स्वदेश आउने क्रममा दोहा, दुबई, लन्डन र नयाँदिल्लीस्थित पारगमन (ट्रान्जिट)मा छन् । ‘अफगानिस्तानबाट उद्धार भएका थप नेपाली स्वदेश फर्कने प्रक्रिया जारी छ । दोहा, दुबई, लन्डन र नयाँदिल्लीमा रहनुभएकाहरूलाई काठमाडौंसम्म ल्याउन निरन्तर समन्वय र सहजीकरण भइरहेको छ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ ।

आइतबार राति र सोमबार एक सय ४९ जना स्वदेश फर्किएको परराष्ट्रले जनाएको छ । यीमध्ये आइतबार फ्लाई दुबईको उडानबाट ३९, सोमबार टर्किस एयरबाट सात तथा कतार एयरको उडानबाट एक सय चारजना आएका हुन् । उनीहरू सबैलाई सिसिएमसीको समन्वयमा सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड– १९ को परीक्षण गरेर राखिएको छ । 

यसैबीच, उद्धारको माग गर्दै परराष्ट्र मन्त्रालयमा सोमबार साँझसम्म तीन सय ६१ जनाले फारम भरेका छन् । उनीहरूले कन्सुलर सेवा विभागको वेबसाइटमा नाम टिपाएका हुन् । परराष्ट्रका अनुसार यीमध्ये दुईजनासँग नेपाली कागजात छैन । राहदानी नभएका दुईजनाको यात्रा अनुमतिपत्र दिल्लीस्थित नेपाली राजदूतावासले तयार गरेर पठाउने व्यवस्था गरेको छ । काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन–अवतरण हालसम्म खुलेको छैन । 

अमेरिका, बेलायत, जर्मनी र भारतले सैन्य जहाजमार्फत नागरिकको उद्धार गरिरहेका छन् । ‘बाँकी नेपालीको उद्धारका लागि उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भइरहेको छ,’ परराष्ट्रले भनेको छ ।