१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २४ सोमबार १o:३३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पूर्वाग्रह नराखी पर्यटन प्रवर्द्धनमा लाग्ने जोशीको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार १o:३३:oo

नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख (सिइओ) दीपकराज जोशीले आपसी सहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउने बताए । आइतबार बोर्डमा पद बहाली गर्दै उनले आफूले कुनै पूर्वाग्रह नराखी पर्यटन प्रवर्द्धनमा लाग्ने प्रतिबद्धता जनाए । 

सिइओ जोशीले कर्मचारीलाई पनि नयाँ परिवेशमा नयाँ सोच र चिन्तनका साथ काम गर्न निर्देशन दिए । पर्यटन बोर्ड सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडेलको संस्था भएको बताउँदै उनले बोर्ड स्थापनाको उद्देश्यअनुरूप काम गर्नुपर्नेमा जोड दिए । ‘पर्यटन राज्यको प्राथमिकताको क्षेत्र हो, अर्कोतर्फ पर्यटन बोर्ड पिपिपीको मोडेल हो, निजी क्षेत्रले हामीबाट धेरै अपेक्षा गरेको छ,’ उनले भने, ‘यसैले सबैको सहकार्यबाट देशको पर्यटनलाई अगाडि लैजानु आजको आवश्यकता हो ।’ 

जोशीले आन्तरिक जनशक्तिको वृति विकासजस्ता कार्य प्राथमिकतामा रहने बताउँदै सिइओ जोशीले साहिक सहकार्यबाट ती सबै काम गर्न सकिने बताए । कार्यक्रममा बोल्दै वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नवनियुक्त कार्यकारी प्रमुखको अनुभवले बोर्डले थप उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरिन् । कर्मचारी युनियनको तर्फबाट बोर्डका अधिकृत सुदन सुवेदीले लामो समयदेखि कर्मचारीहरूको वृत्ति विकास रोकिएको बताउँदै नयाँ कार्यकारी प्रमुखबाट कर्मचारीका ती मागहरू सम्बोधन हुने अपेक्षा गरिएको बताए ।

पर्यटन बोर्ड कार्यकारी समितिको २० भदौमा बसेको ३७९औँ बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम जोशीलाई चार वर्षका लागि कार्यकारी प्रमुखमा नियुक्ति गर्ने निर्णय गरेको थियो । नवनियुक्त सिइओ जोशीले यसअघि पनि बोर्डको सिइओका रूपमा काम गरिसकेका छन् ।