Skip This
लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा अर्याल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
२o८१ असोज १ मंगलबार o८:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा अर्याल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार o८:२१:oo

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. डिल्लीराज अर्याल नियुक्त भएका छन् । सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगमा रिक्त उपाध्यक्ष र सदस्यहरू नियक्त गरेको हो । 

आयोगका सदस्यहरूमा रोल्पाका डा. सुदनकुमार वली, दाङका भुवन चौधरी र रुपन्देहीकी शान्तादेवी ढकाल नियुक्त भएका छन् । नवनियुक्त उपाध्यक्षसहित सदस्यहरूले सोमबार नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शपथ लिएका छन् । प्रदेश मुख्यमन्त्री आचार्यले उपाध्यक्ष डा. अर्याललाई पद तथा गोपनीयताको शपथ गराए भने उपाध्यक्ष अर्यालले सदस्यहरूलाई शपथग्रहण गराए ।

शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको सुखद भविष्य निर्माण गर्न तथ्य र प्रमाणमा आधारित योजनाहरूलाई अघि बढाउन प्रदेश योजना आयोगलाई निर्देशन दिए । उनले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको आकांक्षा पूरा गर्न प्रदेश योजना आयोगले तथ्य र प्रमाणमा आधारित योजना अघि बढाउनुपर्ने उनको धारणा थियो ।  

नवनियुक्त उपाध्यक्ष डा. अर्यालले लुम्बिनी प्रदेशको समग्र विकास र समृद्धिका लागि आवश्यक नीति–निर्माण र नतिजामुखी योजनाहरू तर्जुमा गर्न केन्द्रित हुने बताए । विश्व आर्थिक परिदृश्य, छिमेकी देशले गरेको विकास र प्रदेशवासीको आवश्यकतामा आधारित भएर समयसापेक्ष लुम्बिनी प्रदेशको विकास र समृद्धिको खाका खोर्ने र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिने उनको भनाइ थियो ।