१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २८ शुक्रबार १६:४७:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १६:४७:oo

महादेव पन्थ सचिवमा बढुवा भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पन्थलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

बढुवा सिफारिस समितिको सिफारिसमा दोस्रो नम्बरमा सिफारिस भएका उनलाई सरकारले राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो। ०७० चैतमा लोकसेवा आयोगबाट सहसचिवमा सिफारिस भएका उनी साढे १० वर्षमा सचिव भएका हुन्। 

महादेवका भाइ यसअघि नै सचिव भइसकेका छन्। हाल निर्वाचन आयोगमा सचिवका रूपमा कार्यरत रविलाल पन्थ महादेवका सहोदर भाइ हुन्। रविलाल भने तीन वर्षअघि नै सचिव भइसकेका हुन्।

१९ असोज ०७८ मा बसेको मन्त्रिपरिषद् बैठकले रविलाललाई सचिवमा बढुवाको निर्णय गरेको थियो। अर्का भाइ कृष्णप्रसाद पन्थ भने केही समयअघि सहसचिवबाट सेवानिवृत्त भइसकेका छन्।