तीन जिल्लाका सिडिओ फेरिए

मंगलबार, १३ असोज, २०८३
डिजिटल संस्करण

गृह मन्त्रालयले पाँच सहसचिव र तीन उपसचिवको सरुवा गरेको छ। सरुवामा तीन जिल्लाका सिडिओ फेरिएका छन्। 

सिराहामा शान्तिराज प्रसाईं, गुल्मीमा मोतीराम सापकोटा, डोटीमा तुलसीबहादुर श्रेष्ठलाई पठाइएको छ।

 १४ असोजदेखि लागू हुने गरी राजीनामा दिएका कपिलवस्तुका सिडिओ जनार्दन गौतमको पनि मन्त्रालयमा सरुवा गरिएको छ। कपिलवस्तुमा कसैलाई पठाइएको छैन। 

सुझावित समाचार