Skip This
एसियाली च्याम्पियनसिपमा पदक जित्ने अवसर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १ मंगलबार o८:१३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसियाली च्याम्पियनसिपमा पदक जित्ने अवसर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार o८:१३:oo

करिब एक वर्षअघि चीनको हाङझावस्थित स्पोर्टस् सेन्टर जिम्न्याजिममा कराँतेकी एरिका गुरुङले १९ औं एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएकी थिइन् । सो रजत एसियाली खेलकुदमा कराँते खेलाडीले प्राप्त गरेको अहिलेसम्मकै बृहत् सफलता हो । अब यसै स्पोर्टस् सेन्टर जिम्न्याजिममा एक वर्षपछि नेपाली कराँते टोली एसियाली क्षेत्रकै सबैभन्दा ठूलो प्रतियोगिता एसियाली सिनियर कराँतेमा प्रतिस्पर्धा गर्दै छ । २०औँ संस्करणको प्रतियोगिता २० देखि २२ सेप्टेम्बरसम्म हुनेछ । 

प्रतियोगितामा ३१ राष्ट्रका ३ सय ६७ खेलाडीको सहभागिता रहनेछ । पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । एसियन च्याम्पियनसिपमा एरिकासहित ११ खेलाडीले नेपालबाट प्रतिस्पर्धा गर्नेछन् । १८ सदस्यीय नेपाली टोली मंगलबार हाङझाव प्रस्थान गरेको छ । एरिकाले २०औँ एसियन च्याम्पियनसिपमा ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । महिला ५५ केजीमुनि जिया कार्की, ६१ केजीमुनि निरूपा दोङ तामाङले भाग लिनेछन् ।

टिम कातामा एलिसा रास्कोटी मगर, मेघा लिम्बू र टप्पी थापाले सहभागिता जनाउनेछन् । एसिलाले एकल कातामा पनि आफ्नो कौशल प्रदर्शन गर्नेछिन् । यसैगरी, पुरुष ६० केजीमुनि मीनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ८४ केजीमुनि मोहम्मद शेखु आलम, ८४ केजीमाथि आशिष श्रेष्ठ र एकल कातामा स्वनिम मानन्धरले खेल्ने छन् । 

पुरुषतर्फ सहभागी सबै खेलाडीसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । त्यसमध्ये एरिकासहित सन्तोष, सेखु, स्वनिम, निरूपा र एलिसाले १९ औं एसियाडमा भाग लिएका थिए । नेपाली टोलीका मुख्य प्रशिक्षकमा कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ रहेका छन् । 

कुशल १०औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी कुशल श्रेष्ठ तथा मण्डेकाजीले १३औँ सागका दोहोरो स्वर्ण जितेका थिए । कुशलले आफ्नै प्रशिक्षणमा गत वर्ष हाङझावमा नेपाललाई रजत दिलाएका थिए । उनले एसियाली सिनियर कराँतेमा पनि सहभागिता जनाइसकेका छन् । नेपाली टोलीमा नेपाल कराँते महासंघका उपाध्यक्ष मजेन्द्र सिंह तथा आठौँ दक्षिण साफका कराँतेतर्फ स्वर्ण विजेता रवि महर्जन रहेका छन् । एसियाली सिनियर कराँतेमा नेपाल हालसम्म पदकविहीन छ ।     

यसैबिच, १८ सेप्टेम्बरमा एसियाली कराँते महासंघको काग्रेसमा सहभागी हुन नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङ पनि टोलीसँगै जाने छन् ।  

पदक विजेतालाई राष्ट्रिय टिम तयारीमा राखिने
राखेपका सदस्यसचिव टंकलाल घिसिङले व्यवस्थित तयारीका साथ कराँते टोली प्रतियोगितामा सहभागी हुन लागेको बताएका छन् । हाङझावमा पदक विजेता खेलाडीहरूलाई राखेपले सु्विधासहित रणनीतिक तयारीका लाग राष्ट्रिय टिममा समावेश गर्ने घिसिङले प्रतिबद्धता दिएका छन् । ‘खेलाडीलाई उच्च प्रदर्शनका लागि शुभकामना छ, यो प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई राखेपले सुविधासहित राष्ट्रिय टिम तयारीमा समावेश गरिनेछ,’ उनले भने ।

विश्व च्याम्पियनसँग खेल्ने अवसर
एसियाडकी रजत विजेता एरिकाले एसियन च्याम्पियनसिपमा सहभागी हुन पाउनु ठुलो अवसर भएको बताइन् । साथसाथै उनले विश्व च्याम्पियन खेलाडीसँग एकै एरिनामा प्रतिस्पर्धाको अवसरलाई महत्वपूर्णका रूपमा लिएको उनले बताइन् । ‘विश्व च्याम्पियनको सहभागिता रहने भएकाले सबै खेलाडीका लागि अनुभव लिने अवसर हो,’ उनले भनिन्, ‘म राम्रो प्लाटफर्म नतिजा निकाल्ने प्रयास गर्नेछु, तयारी पनि राम्रो भएकाले सबै खेलाडी उत्साहित छन् ।’