Skip This
नामिबियामाथि अमेरिका सात विकेटले विजयी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
२o८१ असोज १ मंगलबार o७:४८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नामिबियामाथि अमेरिका सात विकेटले विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार o७:४८:oo

अमेरिकाले आइसिसी विश्वकप लिग २ मा सोमबार नामिबियामाथि सात विकेटको जित निकालेको छ । पहिलो ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा नौ विकेट गुमाएर एक सय ९९ रनको मध्यम योगफल बनाएको थियो । प्रत्युत्तरमा अमेरिकाले ४१.३ ओभरमा चार विकेटका क्षतिमा दुई रन जोड्यो । अमेरिकाको जितमा मोनांक पटेलले ८२ बलमा ७२ रन जोडेका थिए । म्यान अफ दी म्याचसमेत भएका मोनांकले दुई क्याचसमेत लिएका थिए । 

जितसँगै अमेरिका पाँचौँ स्थानमै रह्यो । अमेरिकाले पाँच खेलमा तीन जित र दुई हारको सामना गरी ६ अंक जोडेको छ । चौथो स्थानमा रहेको नामिबियाले नौ खेल खेलेको छ । जसमा चार जित र पाँच हार व्यहोरेको नामिबियाले आठ अंक बनाएको छ । शीर्ष स्थानमा नेदरल्यान्ड्सले सर्वाधिक १२ अंक जोडेको छ । स्कटल्यान्ड नौ अंकका साथमा दोस्रो स्थानमा छ । नेदल्यान्ड्सले ६ जित र २ हार निकालेको छ । स्कटल्यान्डले चार जित र दुई हार नतिजा व्यहोरेको छ । 

शतकीय साझेदारी
लक्ष्य पछ्याएको इनिङ्समा अमेरिकाले तेस्रो विकेटका लागि शतकीय साझेदारी साथ पायो । कप्तान मोनांक र मुकामल्लले तेस्रो विकेटका लागि एक सय ६ रनको साझेदारी गर्दै टोलीलाई जितको आधार बनाए । दुवैले शतकीय साझेदारी गर्नुअघि अमेरिका १३.३ ओभरमा ५७–२ को अवस्थामा थियो । 

मायांक र मुकामल्लले अमेरिकालाई १६३–३ को स्थितिमा पुर्‍याए । मोनांकले ८७ बलमा सात चौका र एक छक्का प्रहार गरे । मुकामल्लले ७१ बलमा तीन चौका र एक छक्का प्रहार गरी ५९ रन जोडे । सञ्जय जाहागिरले ३३ बलमा २१ रन र सुशान्त मोदानीले ३६ बलमा समान दुई चौका र छक्का प्रहार गरी ३६ रन जोडे । 

फ्यालिंकको अर्धशतक
नामिबियाको ब्याटिङमा जान फ्यालिंकले ७० रनको अर्धशतकीय इनिङ खेलेका थिए । उनले ८८ बलमा सात चौका प्रहार गरेका थिए । इनिङ्सको एक समय नामिबिया १९–२ को स्थितिमा थियो । फ्यालिंकले लगातार चार विकेटका लागि गतिलो साझेदारी गर्दै टोलीलाई मध्यम योगफलसम्म पुर्‍याए । सो इनिङमा जेजेले ४९ रनमा आफ्नो विकेट गुमाए । उनले ७५ बलमा तीन चौका र तीनै छक्का प्रहार गरे । नामिबियाको ब्याटिङमा ६ खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।