Skip This
इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यलाई तीन प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १ मंगलबार o६:५४:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार o६:५४:oo

इन्द्रजात्राको चलन कसरी चलेको हो ?
लिच्छवि कालमा शिलामा कुमारीको पूजा गरिन्थ्यो । पछि मल्लकालमा तलेजु भवानीको आगमनपछि मल्ल राजाहरूले उहाँसित प्रत्यक्ष भेटघाट गरी राज्य सञ्चालनका लागि सरसल्लाह र आशीर्वाद लिने गर्थे । जयप्रकाश मल्लका पालामा हरेक दिन भवानीलाई भेट्न जाँदा रानीलाई शंका लागी पछ्याइन् । यो कुरा तलेजु भवानीले थाहा पाउनुभयो र उहाँ अन्तध्र्यान हुनुभयो भनिन्छ । पछि उहाँले राजाको सपनामा दिएको सल्लाहअनुसार नै शाक्य कुलकी कन्यालाई कुमारी बनाई मन्दिरमा राखी प्रत्येक वर्ष जात्रा चलाउन थालियो । एकपटक स्वर्गका राजा इन्द्र आफ्नी आमाले गर्ने पूजाका लागि पारिजातको फूल लिन मत्र्यलोक आउँदा फूलका मालिकले भेटेर पाता कसेर राखे । संयोगले सो दिन कुमारी जात्रा परेको थियो । पछि इन्द्रकी आमाले सबै कुरा थाहा पाएपछि इन्द्रको परिचय दिएर यहाँका जनतासित माफी मागेको र सोही दिनदेखि जनताले इन्द्रजात्रा मनाउन थालेको जनश्रुति पाइन्छ । 

समाजमा इन्द्रजात्राको के–कस्तो महत्व छ ?
इन्द्रजात्रा भनिए पनि यो मुख्यतः कुमारीको जात्रा हो । यस अवसरमा विभिन्न देवी देवताको नाच प्रस्तुत गरिन्छ । लाखे नाच, श्री भैरव नाच आदि यसका उदाहरण हुन् । यस अवसरमा सबैका घरघरबाट ‘समय बजी’को प्रसाद बाँड्ने गरिन्छ । यसलाई ग्रहण गरेपछि शरीरबाट रोगव्याधि हट्छ भन्ने विश्वास छ । पारिवारिक र आफन्तहरूको भेटघाट तथा सम्बन्धको नवीकरणको अवसरका रूपमा समेत इन्द्रजात्रालाई लिइन्छ । 

नयाँ पुस्ताले चाहिँ इन्द्रजात्रालाई कसरी लिइरहेको छ ?
नयाँ पुस्तामा व्यापक उत्साह छ । अहिले युवा पुस्ताको सहभागितामा व्यापक वृद्धि भएको छ । नाचगान र बाजागाजा बजाउने कामको जिम्मा नयाँ पुस्ताले सम्हालेको छ । महानगरले पनि यहाँका जात्राहरूमा सघाउन थालेको हुनाले युवामा झनै जागरण आएको छ ।