Skip This
आज इन्द्रजात्रा : काठमाडौं उपत्यकासहितका केही जिल्लामा इन्द्रजात्रा (येँया) धुमधामसाथ मनाइँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
वसन्तपुरमा सामूहिक कुमारीपूजा गरिँदै ।  हरेक वर्ष इन्द्रजात्राको अघिल्लो दिन कुमारीको पूजा गर्ने प्रचलनअनुसार सोमबार कुमारीको सामूहिक पूजा गरिएको हो । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १ मंगलबार o७:३६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आज इन्द्रजात्रा : काठमाडौं उपत्यकासहितका केही जिल्लामा इन्द्रजात्रा (येँया) धुमधामसाथ मनाइँदै

राष्ट्रपतिदेखि पूर्वराजासम्मले अवलोकन गर्ने, भारतमा भएका मेयर बालेन आजै नेपाल फर्कंदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार o७:३६:oo

आज (मंगलबार) काठमाडौं उपत्यकासहितका केही जिल्लामा इन्द्रजात्रा (येँया) धुमधामसाथ मनाइँदै छ । इन्द्रजात्रा अवलोकन राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराजासहित विशिष्ट व्यक्तिहरूले हनुमानढोका दरबारस्थित गद्दी बैठकबाट गर्ने भएका छन् । उनीहरूले जात्राका अवसरमा गणेश, भैरव र कुमारीको दर्शन तथा रथयात्रा अवलोकन गर्नेछन् । यस अवसरमा वर्षा र सहकालका देवता इन्द्रको धुमधामसँग पूजा आराधना गरिन्छ । इन्द्रजात्रा अवलोकनका लागि भारत भ्रमणमा रहेका काठमाडौं महानगर मेयर बालेन्द्र शाह पनि मंगलबार नै नेपाल फर्कंदै छन् । महानगरका अनुसार मंगलबार बिहान १० बजे मेयर बालेन नेपाल आइपुग्नेछन् । 

रथ दिउँसो ३ बजे तान्न सुरु
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार यो वर्ष भगिनी सम्बन्ध भएका सहरका प्रतिनिधिलाई भने बोलाइएको छैन । ‘दिउँसो २ बजेदेखि इन्द्रजात्रा अवलोकनका लागि भिभिआइपी प्रवेश हुनेछ । ३ बजेदेखि रथ तान्न सुरु हुनेछ,’ उनले भने । उनका अनुसार महानगरले गत वर्षजस्तो इन्द्रजात्रा अवलोकनका लागि भगिनी सम्बन्ध भएका विदेशी तथा स्वदेशी अतिथिलाई भने बोलाएको छैन । प्रवक्ता मानन्धरका अनुसार देवलमा स्थानीयले नै भरिभराउ हुने र डबलीबाट इन्द्रजात्राको अवलोकन गर्न सकस हुने भएकाले यो वर्ष उनीहरूलाई निमन्त्रणा नदिइएको हो ।

शिवपार्वती डबलीमा विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत
जात्राअन्तर्गत २० भदौमा वन प्रस्थान गरी वृक्षकर्तन गरेर २१ भदौमा यंःसिं अर्थात् इन्द्रध्वज भोटाहिटी ल्याइएको थियो । २६ भदौमा यंःसिं नगर प्रवेश गराएर हनुमानढोका कालभैरव ल्याइयो । ३० भदौ बिहान ८ बजेर २६ मिनेटको साइतमा यंःसिं उठाएपछि जात्राको औपचारिक कार्यक्रम सुरु भएको थियो । जात्राको उल्लासलाई थप गर्न महानगरपालिकाले यस वर्ष ३० भदौमा यःसिं उठाइसकेपछि शिव पार्वती डवलीमा मौलिक गायन, वादन तथा नृत्यसहितको सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । ‘डबली पुनःस्थापना’ रिभाइभ दबु प्रवर्द्धनका लागि आयोजना हुने कार्यक्रममा स्थानीय एक सय कलाकारले सांस्कृतिक प्रस्तुति दिएका छन् ।

जात्रालाई सभ्य र व्यवस्थित गर्न इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा महानगरपालिकाले सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन र प्रवर्द्धनको काम गरिरहेको छ । शान्ति सुरक्षा, सरसफाइ, सम्पदाको मर्मत सम्भार, रंगरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत महानगरपालिकाले सञ्चालन गरिरहेका मुख्य काम हुन् ।